Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

एमालेबाट झापा- ५ मा ओली एकल सिफारिस

नेकपा एमाले झापाले झापाको क्षेत्र नम्बर ५ बाट अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिनिधि सभाको निर्वाचनका लागि एकल सिफारिस गरेको छ ।

शनिबार बसेको नेकपा एमाले झापा निर्वाचन क्षेत्र नम्बर ५ क्षेत्रीय समन्वय कमिटीको बैठकले प्रत्यक्षतर्फ ओलीको एकल नाम सिफारिस गरेको हो ।

एमाले अध्यक्ष ओली यसअघि २०७४ र २०७९ को निर्वाचनमा सोहि क्षेत्रबाट उम्मेदवार बनेर विजयी भएका थिए ।