Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

सरकारसँग डा. निकोलस भुसाल र हरिश विष्टको ६ बुँदे सहमति, अनसन तोडियो

सरकार र अनसनरत डा. निकोलस भुसाल र हरिश विष्टबीच ६ बुँदे सहमति भएको छ । 

सहमतिपछि अनसनको ११औँ दिनमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीले दुवै जनालाई जुस खुवाएर अनसन तोडाएकी छन् । 

सहमतिपत्रमा डा भुसाल, विष्ट र सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालद्वारा हस्ताक्षर गरेका छन् ।