सर्लाहीस्थित सितापुरमा रहेको प्राथमिक विद्यालय सितापुरमा जय महांकाल युवा समुह केन्द्रीय कमिटीद्वारा न्यानो टोपी र शैक्षिक समाग्री वितरण गरिएको छ। कार्यक्रम जय महांकाल युवा समूहको केन्द्रीय अध्यक्ष लिलानाथ भण्डारीको प्रमुख अतिथिमा सम्पन्न भएको थियो ।

जय महांकाल युवा समूहको केन्द्रीय अध्यक्ष लिलानाथ भण्डारीले तराईमा बढ्दै गएको शीत-लहरलाई मध्यनजर गर्दै विद्यार्थीहरूको शिक्षा र स्वास्थ्यलाई ख्याल राख्दै शैक्षिक सामग्री र न्यानो टोपी वितरण गरेको बताए।

१०० बढी विद्यार्थी रहेको प्राथमिक विद्यालय सीतापुर, बागमती नगरपालिका ६ मा जय महांकाल युवा समूहले बालबालिकाहरूको लागि १०० थान टोपी , ३००+ प्रति कापी , पेन्सिल , कलम आदि शैक्षिक सामग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री हरि खड्का ज्यू मार्फत बालबालिकाहरूलाई वितरण गरेको हो ।

शैक्षिक सामग्री वितरण पश्चात् विद्यालय परिवारले जय महांकाल युवा समूहलाई धन्यवाद व्यक्त गर्दै सम्मान पत्र प्रदान गरेका छन् ।
