Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

कन्सुलर सेवा विभागको स्ट्याम्प कीर्ते गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीमा जानको लागि भिसा आवेदनमा पेस गरेको प्रहरी चारित्रिक प्रमाणपत्रमा कन्सुलर सेवा विभागको स्ट्याम्प नक्कल गरी प्रमाणीकरण गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका-६ डेरा गरी बस्ने बुढीगंगा नगरपालिका-५ घर भएका ३३ वर्षीय पृथ्वी बहादुर थापा र काठमाडौं कीर्तिपुर नगरपालिका-९ स्थित फोटो स्टुडियो संचालन गरी बस्ने पाल्पा रिब्दीकोट गाउँपालिका-८ घर भएका २७ वर्षीय सन्तोष पौडेलल रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरू उपर लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।