Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

‘अर्चनाकृत रामायण’की लेखिका झा ‘राष्ट्रिय धरोहर नारीरत्न’ बाट सम्मानित

राष्ट्रिय समाचार समितिको ललितपुर जिल्ला समाचारदाता एवम् ‘अर्चनाकृत रामायण’ का लेखिका अर्चनाकुमारी झालाई ‘राष्ट्रिय धरोहर नारीरत्न–२०८२’ बाट सम्मानित गरिएको छ ।
 
मैथिली भाषामा लेखिएको ‘अर्चनाकृत रामायण’ जस्तो महत्वपूर्ण कृति सार्वजनिक गरी मुलुकको धार्मिक तथा सांस्कृतिक क्षेत्रको संरक्षणसहित जनचेतना जगाउन विशेष भूमिका निर्वाह गरेबापत उनलाई सम्मान गरिएको हो ।
 
प्रतिष्ठानका संस्थापक अध्यक्ष राजनन्द माण्डव्यले मुलुकको सनातन धर्म, संस्कृति र मैथिली भाषाको संरक्षणसहित धार्मिक मूल्यमान्यतालाई आमजनतामाझ पुर्याउन उल्लेखनीय भूमिका निर्वाह गरेबापत सञ्चारकर्मी, समाजसेवी एवम् गृहणीको भूमिकामा समेत रहेकी ‘अर्चनाकृत रामायण’ का लेखिका झालाई सम्मान गरिएको स्पष्ट गरे ।
 
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालद्वारा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले लेखिका एवम् पत्रकार झालाई सम्मान गरेकाे हाे।