Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

कठ्याङ्ग्रिँदो चिसो र हुस्सुले सवारीसाधन चलाउन समस्या

बाक्लो हुस्सु र कुहिरोले बाँकेलगायत पश्चिम तराईको जननीवन प्रभावित भएको छ । चिसोले बालबालिका, विद्यार्थी, मजदुर, गरिब, असहाह र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । 
 
स्थानीय  घरबाहिर निस्कन सकेका छैनन् । बिहान खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन् । साँझपख पनि चिसो बढ्न थालेपछि बजार सम्साझैँ सुनसान हुन थालेका छन् ।
 
कठ्याङ्ग्रिँदो चिसोसँगै हुस्सु लाग्दा सवारीसाधन चलाउन पनि समस्या भएको सवारी चालक नेपालगन्ज १६ का रामप्रसाद थारु बताउछन् । 
 
चिसोले दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी पनि बढेका भेरी अस्पतालका सूचना अधिकारी सङ्केत रिसालले बताए । हिजोआज अस्पतालमा १०० बढी निमोनिया र रुघाखोकीका  बिरामी आउने गरेका जानकारी उनले भने ।