निर्वाचन आयोगमा समानुपातिकको सुची बुझाउने क्रम जारी रहेको बेला केहि युवाले आयोगको कार्यस्थलमै पुगेर नाराबाजी गरेका छन् ।
केहि युवाहरुले निर्वाचन धोका भएको भन्दै प्रधानमन्त्री सुशिला कार्कीको राजीनामा मागेका थिए । उनीहरुले पहिला निकास दिएर मात्र निर्वाचन गर्नुपर्ने र निर्वाचन गर्नका लागि मात्र जेनजी आन्दोलन नभएको बताएका थिए ।
केहि बेर नाराबाजी गरेका उनीहरुलाई प्रहरीले आयोग परिसरबाट बाहिर निकालेको थियो ।