स्थानीयतह परियोजना सल्लाहकार समिति बैठक सम्पन्न भएको छ । वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल (WVINEPAL)र बागमती सेवा समाज नेपाल(BWSN),राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र(RRPK)को संयुक्त साझेदारी तथा पर्सा गाउँपालिकाको समन्वयमा संचालित बाल समृद्धि र एकीकृत विकासको लागि हातेमालो परियोजना र स्पोन्सर अन्तर्गत स्थानीयतह परियोजना सल्लाहकार समिति आज सम्पन्न भएको हो।

उक्त कार्यक्रममा बागमती सेवा समाज नेपाल र राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रले यस पर्सा गाउँपालिकामा विगत पाँच वर्षदेखि विभिन्न बालसमृद्धिको लागि कार्यक्रम संचालन गर्दै आईरहेको लागत र खर्च विवरणलाई पार्दर्शि गर्दै आउँदो वर्ष २०२६ मा विभिन्न कार्यक्रमहरुको लागी बजेट प्रस्तुतीकरण रहेको थियो।

उक्त कार्यक्रममा पर्सा गाउँपालिकाका अध्यक्ष धिरेन्द्र राय यादव लगायत सम्पुर्ण शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो भने सम्बन्धित एन.जि.ओ का कर्मचारीको उपस्थिति रहेको थियो महिला तथा बालबालिका शाखाकि इन्चार्ज चन्दा यादवले आफ्नो भनाई राख्दै भनिन् "पालिकासङ्गै सहकार्य गर्दै बालबालिकाको समृद्धिको लागि BWSN र RRPK जस्ता NGO हरुले गरेको काम प्रसंशायोग्य छ र अगामी दिनहरुमा पनि बालबालिकाको सर्वाङ्गिन बिकासका लागि कार्यक्रमहरु संचालनमा ल्याउदै गरेकोमा शुभकामना दिन्छु"भन्दै भनाई राखे।

त्यस्तै पर्सा गाउँपालिकाका अध्यक्ष धिरेन्द्र राय यादव भन्छन् "बिगतदेखि नै BWSN र RRPK जस्ता संस्थाहरुले हाम्रो पालिकामा बालबालिका समृद्धि र उनिहरुको सर्वाङ्गिन बिकासका लागि पहल गर्दै आईरहेकोले हृदय देखि धन्यवाद दिन चाहन्छु र अगामी योजनाका लागी पनि पालिकाको पुर्ण सहकार्य रहनेछन् भन्दै प्रतिबद्धता जनाउद छु"।