प्रहरी प्रधान कार्यालयमा कार्यरत एक जना सहायक हबल्दार बुद्धनगरमा मृत फेला परेका छन् । सोमबार बिहान नयाँबानेश्वर बुद्धनगरमा डेरा कोठाभित्र सहायक हबल्दार बलबहादुर थापा मृत फेला परेका हुन् ।
काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार हबल्दार थापा घाँटीमा पासो लागेको अवस्थामा झुण्डिएको देखेपछि उनकी श्रीमतीले उद्धार गरेर एभरेष्ट अस्पताल पुर्याएकी थिइन् ।
तर चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी परिसरका एसपी भट्टराईले जानकारी दिए । सहायक हबल्दार थापाको मृत्युबारे अनुसन्धान भइरहेको छ ।