Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

आज काठमाडौंका विभिन्न स्थानमा दुई घण्टा विद्युत् कटौती

काठमाडौं उपत्यकाका मुख्य प्रशासनिक तथा आवासीय क्षेत्र आज दुई घण्टा विद्युत् सेवाबाट वञ्चित हुने भएका छन्।नेपाल विद्युत् प्राधिकरणका अनुसार वितरण प्रणालीलाई भूमिगत बनाउने क्रममा सम्पन्न भइसकेका केबल जोड्ने कार्यका लागि आज बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म विद्युत् कटौती गरिनेछ।

यस अवधिमा लाजिम्पाट, पानीपोखरी, महाराजगञ्ज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्र, राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र नेपाल प्रहरी अस्पताल वरपरका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ।

काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत गरिएको भूमिगत संरचना जडानलाई अन्तिम चरणमा पुर्‍याउन अस्थायी रूपमा विद्युत् कटौती गर्नुपरेको प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रले जनाएको छ।

तोकिएको समयअगावै काम सम्पन्न भएमा विद्युत् सेवा पुनः सञ्चालन गरिने पनि प्राधिकरणले स्पष्ट पारेको छ।