Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

युक्त राष्ट्रसंघको आव्हानअनुसार सेन्ट्रल अफ्रिकन रिपब्लिकमा शान्ति स्थापना मिसनका लागि गोरखनाथ गण (शान्ति सेना) चौथो डफ्फाका २२५ जना शान्ति सैनिकहरूको अन्तिम टोली बिहीबार मिसनस्थलतर्फ प्रस्थान गरेको छ।

उनीहरूले त्यहाँ तैनाथ लाइट इनफान्ट्री बटालियनअन्तर्गत रहेका युद्धभैरव गण (शान्ति सेना) तेस्रो डफ्फालाई प्रतिस्थापन गर्नेछन्।

यसै क्रममा, सोही मिसनमा सेवा अवधि पूरा गरेका युद्धभैरव गणका २२४ जना शान्ति सैनिक बिहीबारै स्वदेश फर्किएका छन्।

नेपाली सेनाका अनुसार हाल सेन्ट्रल अफ्रिकन रिपब्लिकस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा १,१८८ जना नेपाली शान्ति सैनिक कार्यरत छन्। नेपालको दीर्घकालीन शान्ति मिसन योगदानलाई अन्तर्राष्ट्रिय समुदायले निरन्तर उच्च प्रशंसा गर्दै आएको छ।