Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

दुई दिने अन्तरराष्ट्रिय मैथिली सम्मेलन–२०२५ हुँदै

मैथिली भाषा–साहित्य, मिथिला संस्कृति, सभ्यताको संरक्षण, सम्वद्र्धन गर्न भोलिदेखि विराटनगरमा दुई दिने अन्तरराष्ट्रिय मैथिली सम्मेलन–२०२५ हुने भएको छ । 

मैथिली एशोसिएसन नेपालद्वारा यही पुस १२ र १३ गते हुने सम्मेलनमा नेपाल–भारतलगायत अन्य मुलुकका एक सयजना मैथिली भाषी प्रतिनिधिको सहभागिता रहने आयाजकले जनाएको छ ।

आयोजक मैथिली एसोसिएसनका अध्यक्ष प्रवीणनारायण चौधरीका अनुसार सम्मेलनमा वृहतस्तरको बौद्धिक विमर्श, कवि सम्मेलन, मिथिला समाजको विविध सांस्कृतिक झाँकीहरु प्रदर्शन गरिनेछ । त्यसैगरी मैथिली भाषा–साहित्यमा प्रकाशित पुस्तक प्रदर्शनी, मिथिला चित्रकला प्रदर्शनी, मिथिलाको पैराणिक परम्परा वेदपाठ, शङ्घघोषको प्रस्तुति, मिथिला खानाको परिकारको प्रदर्शनी, लोकनृत्य, लोकगीत, कवि सम्मेलन आदि लगायतका कार्यक्रम हुने बताइएको छ ।

भाषा नै मानव जीवनको मूल आधार हो, आफ्नो भाषा पहिले आफैँ जोगाउन पर्छ, भाषा बाँचे मात्र सम्यता बाँच्न सक्छ’ भन्ने मूलमन्त्रका साथ सम्मेलनमा ११ बटा महत्वपूर्ण विषयमा प्रस्तुति हुने आयोजक संस्थाका उपाध्यक्ष पकज बर्माले बताए । सम्मेलनले विश्वभरका १० करोड मैथिली भाषीलाई जोड्ने अपेक्षा गरिएको छ ।