Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

जय महांकाल युवा समूहद्वारा बङ्गलादेशी राजदूतलाई ज्ञापनपत्र

जय महांकाल युवा समूहको केन्द्रीय समितिले आज नेपालस्थित बङ्गलादेशी राजदूतावासमा बङ्गलादेशका राजदूत मोहम्मद सफिकुर रहमानलाई ज्ञापनपत्र बुझाएको छ।

समूहले हालै बङ्गलादेशमा भएका घटनाप्रति ध्यानाकर्षण गराउँदै, अल्पसंख्यक समुदाय विशेषगरी हिन्दू समुदायमाथि भएका आक्रमणबारे चासो व्यक्त गरेको छ। ज्ञापनपत्रमार्फत घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा धार्मिक सहिष्णुता र मानवअधिकारको संरक्षण सुनिश्चित गर्न माग गरिएको छ।

WhatsApp Image 2025-12-24 at 6.55.53 PM.jpeg

जय महांकाल युवा समूहका केन्द्रीय अध्यक्ष लिलानाथ भण्डारीले मानवता, शान्ति र धार्मिक सद्भावको पक्षमा आवाज उठाउँदै ज्ञापनपत्र राजदूतसमक्ष पेश गरेका हुन्। उनले बङ्गलादेशभित्र सबै धर्मावलम्बीले समान अधिकारका साथ सुरक्षित जीवन बिताउन पाउनुपर्नेमा जोड दिए।

ज्ञापनपत्रमा निम्न सन्देशहरू पनि समेटिएका थिएः
“हिंसा रोकौं, निर्दोष बचाऔं”
“पहिला मानवता, त्यसपछि धर्म”
“सनातनीहरू सुरक्षा चाहन्छन्, प्रभुत्व होइन”
“भेदभाव रोग हो, शान्ति नै उपचार हो”

WhatsApp Image 2025-12-24 at 6.55.52 PM (1).jpeg

ज्ञापनपत्र बुझ्दै राजदूत मोहम्मद सफिकुर रहमानले घटनाप्रति दुःख व्यक्त गरे। उनले बङ्गलादेशमा सबै समुदायका नागरिकले समान अधिकारसहित शान्तिपूर्ण रूपमा बाँच्न पाउनुपर्ने बङ्गलादेश सरकारको प्रतिबद्धता रहेको स्पष्ट पारे।

जय महांकाल युवा समूहले मानवता बचाउने, धार्मिक हिंसा रोक्ने र क्षेत्रीय शान्ति कायम राख्ने उद्देश्यसहित आफूहरू सधैं शान्तिपूर्ण पहलमा प्रतिबद्ध रहने जनाएको छ।