Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

जेनजी घटनाबारे बालेनसँग सोधपुछ

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गतेको घटना बारेमा सोधपुछ गरेको छ ।

आयोगले तोकेको अनुसन्धान अधिकृतको टोलीले जेनजी आन्दोलनका बेला मेयर शाहले सामाजिक सञ्जालमा दिएको लेखेको अभिव्यक्ति र अरु घटनाक्रमबारे सोधेको हो ।

राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता टिकाराम पोखरेलले आयोगले भदौ २३ र २४ गतेको घटनावारे अनुसन्धान गरिरहेको र त्यसक्रममा कतिपय व्यक्तिहरुलाई बोलाएर सोधपुछ गरिएको बताए ।

उनले सोमबारकै बयान र व्यक्तिको बारेमा भने आफूलाई यकिन नभएको प्रतिक्रिया दिए ।