Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

बीवाईडी डल्फिनको विश्वव्यापी बिक्री १० लाख नाघ्यो, नेपालमा कति छन् ?

चिनियाँ कम्पनी बिवाइडीले उत्पादन गरेको विद्युतीय सवारी डल्फिनको विश्वव्यापी बिक्री १० लाख पुगेको छ। साइमेक्स इंक प्रालिले नेपालमा सन् २०२३ सेप्टेम्बरमा डल्फिन सार्वजनिक गरेको थियो । 

डल्फिन नेपालमा सबैभन्दा धेरै बिक्री हुने विद्युतीय सवारीमा परेको छ । चिनियाँ अटो बजारमा विद्युतीय सवारी डल्फिन बिक्रीको उपलब्धि हासिल गर्ने ह्याचब्याक इभीबन्न समेत सफल भएको छ।

विश्वव्यापी रुपमा मात्रै बिवाइडी डल्फिनको बिक्री नेपालमा पनि उल्लेख्य मात्रामा भइरहेको र ह्याचब्याक सेग्मेन्टमा पनि नयाँ परिभाषा स्थापित गरेको कम्पनिले जनाएको छ । अहिले नेपालमा २५०० भन्दा बढी गुडिरहेका कम्पनीको भनाइ छ।