Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

एन्फा वुमन्स च्याम्पियनसिप माघ ३ गतेदेखि उदयपुरमा हुने

एन्फा वुमन्स च्याम्पियनसिपमा १० टिमको सहभागिता हुने भएको छ । उदयपुरको थरुहट रंगशालामा आगामी माघ ३ गतेदेखि १० गतेसम्म हुने प्रतियोगिताको सोमबार ड्र गरिएको छ ।

प्रतियोगितामा पुलिससँगै सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज युनाइटेड, संकटा एफसी, न्युरोड टिम (एनआरटी), गाईघाट एफसी, छाहरी युथ क्लब, आरएस रिसोर्ट र एफसी रियाले गरी कुल १० टिमको सहभागिता रहने एन्फाले जानकारी दिएको छ ।

खेल तालिका अनुसार माघ ३ गते उद्घाटन खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र एफसी रियालेले प्रतिस्पर्धा गर्ने भएका छन् ।