तपाई बिहान उठेर के-के गर्नुहुन्छ ? बिहान उठ्दा हरेक मानिस अघिल्लो दिनको थकान र तनावबाट मुक्त भएर उठ्दछ । तसर्थ बिहान शरीरमा एक प्रकारको सकारात्मक उर्जा उत्पन्न हुने गर्दछ । यस्ता कामहरु गर्नुभएको छैन भने अब देखि बिहान बिहान यस्ता कार्यहरु गर्नुहोस्।
तपाईको घरमा कहिल्यै पैसाको कमी हुनेछैन। भाग्य चम्किने छ। घरमा सुख समृद्धि बनाइराख्नको लागि हाम्रा पूर्वजहरुले पहिलेदेखी नै धेरै परम्पराहरु मान्दै आएको पाइन्छ। तर आजकालको आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु मान्न छाडिसके।
ज्योतिष विज्ञानका अनुसार मानिसहरुले त्यस्ता पुराना परम्पराहरुको ध्यान आज पनि राखेमा त्यसबाट सकरात्म कफलहरु पाइन्छन। बिहान सबेरै यस्ता परम्परागत काम गर्नाले घरमा लक्ष्मीको साथमा अन्य सबै देवीदेवताहरुको कृपा पाइन्छ ।
बिहानबिहानै हत्केला हेर्नुहोस्ः
बिहान उठ्ने बित्तिकै आफ्नो हत्केला हेर्नुहोस । मान्यता यो छ कि यो काम गर्नाले महालक्ष्मी, सरस्वतीको साथमा भगवान् विष्णुको कृपा समेत मिल्छ ।
मन्दिर सफा राख्नुहोस्ः
घरको मन्दिरमा मुर्ति र पुजाको सामान सही ढंगले सजाएको हुनपर्छ । यसबाट देवीदेवता प्रशन्न हुन्छन् र कुन्डलीको दोष पनि शान्त हुनसक्छ।
बिहानै भुमिलाई प्रणाम गर्नुहोस्ः
बिहान पलङबाट खुट्टा भुँईमा राख्नभन्दा पहिले भुमिलाई प्रणाम गर्न पर्छ। साथमा क्षमा पनि माग्नुपर्छ किनभने धर्तीमा खुट्टा राख्नाले हामीलाई दोष लाग्छ।
गाईलाई रोटी खुवाउनुहोस्ः
सधै बिहान जब रोटी बनाउनुहुन्छ तब पहिलो रोटी गाईको लागि छुट्याउनुहोस। तपाईको घर वरपर गाई छ भने त्यो रोटी गाईलाई खुवाउनुहोस।
सुर्यलाई जल चढाउनुहोस्ः
सधैं बिहान सुर्यलाई जल चढाउन पर्छ। यस उपायबाट घरपरिवार र समाजमा मान सम्मान पाइन्छ र सुर्य सँग सम्बन्धित दोष छ भने त्यसबाट पनि मुक्ति पाइन्छ।