Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

आगामी निर्वाचनमा चौथोबाट पहिलो पार्टी बन्ने उपसभापति वाग्लेको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले मधेशदेखि काठमाडौं उपत्यका सबै देशलाई नै जोड्ने गरेर विभिन्न अनुहारहरुलाई पार्टीमा प्रवेश गराएको बताएका छन् ।

बिहिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले देशको अनुहार जस्तो छ पार्टीको अनुहार पनि त्यस्तै बनाउने अभियानमा रास्वपा लागेको भन्दै त्यसको सानो झलक आजको पार्टी प्रवेश कार्यक्रमबाट देखिएको बताए ।

उनले भने, ‘आज सुदूरपश्चिम, मधेशदेखि काठमाडौं उपत्यका सबै देशलाई नै जोड्ने गरेर विभिन्न अनुहारहरु आउनु भएको छ । हामीले पार्टीका कार्यक्रमहरुमा भन्ने गरेका छौ यो देशको अनुहार जस्तो छ हाम्रो पार्टीको अनुहार पनि त्यस्तै हुनुपर्छ भनेर यो समावेशिताको मर्मलाई अपनाएर अगाडि बढिरहेको पार्टी हो यसमा हामीले धेरै काम गर्न बाँकी नै छ । हाम्रो नियत, प्रयास सहि दिशामा छ जस्तो लागेको छ र आज त्यसैको सानो झलक देखिएको छ ।’

यस्तै, उनले सबै ठाँउको प्रतिनिधित्व हुने गरेर १५ जनाले पार्टी प्रवेश गरेको पनि जानकारी दिएका छन् । फागुन २१ को निर्वाचनमा चौथो नम्बरबाट पहिलो पार्टी बन्ने उद्घोषका साथ अगाडि बढेको पनि उनको भनाई छ ।