Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

कृषि विकास बैंकले दियो चण्डिका देवी माध्यमिक विद्यालयलाई एक लाख बराबरको सहयोग

कृषि विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिका–२, बाडभञ्झ्याङस्थित श्री चण्डिका देवी माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँबराबरको सहयोग प्रदान गरेको छ।

उक्त सहयोग विद्यालय भवनको मर्मत तथा रंगरोगन कार्यका लागि प्रदान गरिएको बैंकले जनाएको छ। सहयोग हस्तान्तरण कार्यक्रममा बैंकका तर्फबाट उपमहाप्रबन्धक मिनराज पोखरेल, विभागीय प्रमुख बिना शर्मा, प्रबन्धक दिलबहादुर श्रेष्ठ, वरिष्ठ शाखा अधिकृत गीता नेपाल, साथै विद्यालयका शिक्षक र विद्यार्थीहरूको उपस्थिती रहेको थियो।

कृषि विकास बैंकले सामुदायिक विकास, शिक्षा, स्वास्थ्य र वातावरणीय संरक्षण जस्ता क्षेत्रमा योगदान पुर्‍याउँदै देशभर सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।