Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

चार घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुचारु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएको प्राविधिक समस्या समाधान पछि संचालनमा आएको छ । उडान रोकिएको करिब चार घण्टापछि विमानस्थल संचालनमा आएको हो ।

विमानस्थलको धावनमार्गमा रहेको  ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आएपछि आन्तरिक तथा बाह्य उडानहरू शनिबार दिउसो करिब साढे ५ बजेदेखि बन्द भएका थिए ।

कैयौं अन्तर्राष्ट्रिय उडान डाइभर्ट गरिएको छ भने दिल्लीबाट आएको नेपाल एयरलाइन्सको जाहजसहित केहि जहाजले आकाशमै फन्को मारेर अवतरणको प्रतिक्षा गरेका थिए ।  त्यस्तै आजका आन्तरिक उडानतर्फका यति, बुद्ध र श्रीको कैयौं उडान रद्ध भएका थिए ।