Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

ग्याँस गनसहित एक जना पक्राउ

काठमाडौं महानगरपालिका-३२ सहयोगीनगर बस्ने कैलाली घर भएका २१ वर्षीय मनोज ढुंगानालाई ग्याँस गन १ थानसहित प्रहरीले पक्राउ गरेको छ । 

मनोजले आफ्नो कोठामा गत भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा विभिन्न प्रहरी कार्यालयबाट लुटिएको हतियार तथा गोली गट्ठाहरू लुकाई राखेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ग्याँस गन, मोबाइल १ थान र भिड नियन्त्रणमा प्रयोग हुने लेग गर्ड १ थान फेला पारी पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।