Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

धनुषास्थित नेपाल- भारत सीमा तीन दिनका लागि बन्द हुने

भारतको बिहार राज्यमा हुने दोस्रो चरणको विधान सभा निर्वाचनका कारण धनुषा जिल्लाको नेपाल–भारत सीमावर्ती नाकामा आवागमन तीन दिनका लागि बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार कात्तिक २२ गते साँझ ६ बजेदेखि २५ गते साँझ ६ बजेसम्म नेपाल–भारत सीमा नाकामा मानवीय तथा आकस्मिक सेवाबाहेक सम्पूर्ण आवागमन पूर्ण रूपमा रोक लगाइएको छ ।

बिहारमा दोस्रो चरणको निर्वाचन नोभेम्बर ११ ( कार्तिक २५ ) गते हुदैछ ।