Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

सुख्खा पहिरोले अवरुद्ध रहेको मुग्लिन नारायणगढ सडक सुचारु

सुख्खा पहिरोले अवरुद्ध रहेको मुग्लिन नारायणगढ सडक खण्डको जलविरे नजिकैको सडक सुचारु भएको छ । 

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार खसेको पहिरो हटाएर सडक दुईतर्फी नै सुचारु भएको छ । 

डिभिजनले यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले लेन अनुशासनमा रहि सुरक्षित यात्रा गर्न सबैलाई अनुरोध गरेको छ ।