Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

निकोलस भुसालमाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप

पक्राउ परेका डा. निकोलस भुसालमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थपिएको छ । जिल्ला अदालत काठमाडौँले भुसालमाथि अनुसन्धान गर्न पाँच दिनको समय दिएको छ । 

सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएपछि प्रहरीको खोजीका रहेका भुसाललाई मंगलबार दिउँसो गोरखाको सदरमुकाम गोरखा नगरपालिका-८ रानीवनस्थित सरस्वती आश्रमबाट पक्राउ गरिएको थियो । 

जिल्ला प्रहरी कार्यालय गोरखाले थप अनुसन्धानका लागि मंगलबार नै डा. भुसाललाई काठमाडौं ल्याइएको थियो ।