Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

निकोलस भुसाललाई काठमाडौं पठाइयो

गोरखामा पक्राउ परेका डा. निकोलस भुसाललाई काठमाडौं पठाइएको छ । 

सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएपछि प्रहरीको खोजीका रहेका भुसाललाई मंगलबार दिउँसो गोरखाको सदरमुकाम गोरखा नगरपालिका-८ रानीवनस्थित सरस्वती आश्रमबाट पक्राउ गरिएको थियो । 

जिल्ला प्रहरी कार्यालय गोरखाले थप अनुसन्धानका लागि मंगलबार नै डा. भुसाललाई काठमाडौं पठाएको छ । निकोलस भुसालले देशको र शहिदको पक्षमा आवाज़ उठाऊँदा पक्राउ परेको बताउदै यो देशका सर्वसाधारणको स्थिति के होला भन्दै प्रश्न अग्रेका छन् ।

उनले एक महीनादेखि बिद्रोह गर्दा सरकारले नसुनेको एउटा गुण्डू समूहकों आदेश मानेको आरोप लगाएका छन् ।