Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

निकोलस भूसाल पक्राउ

सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिएका निकोलस भूसाललाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट मंगलबार पक्राउ गरेको हो।

कार्यालयका अनुसार, उनलाई अहिले थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ। भूसालले पछिल्ला दिनमा सामाजिक सञ्जालमार्फत दिएको विवादास्पद अभिव्यक्ति र टिप्पणीले सार्वजनिक चासो र आलोचना दुवै खेपेका थिए।

प्रहरीका एक अधिकारीका अनुसार, उनी लामो समयदेखि सुरक्षाकर्मीको निगरानीमा थिए। भूसाललाई साइबर अपराधसम्बन्धी प्रचलित कानूनी प्रावधान अनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।