Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

महिला अधिकार र जलवायु परिवर्तन सम्बन्धी संवाद कार्यक्रम सम्पन्न

पर्सा गाउँपालिकामा महिलाको लैङ्गिक र प्रजनन स्वास्थ्य अधिकारका विषयमा स्थानीय सरकारसँग संवाद कार्यक्रम सम्पन्न भएको छ। यो कार्यक्रम ROYM Nepal को आयोजना, Foundation S – The Sanofi Collective को सहयोग र पर्सा गाउँपालिकाको समन्वयमा गरिएको हो।

कार्यक्रम पर्सा गाउँपालिका वडा नं. ३ (नारायणपुर) र वडा नं. ४ (जिङ्गडवा कबिलासी) मा सञ्चालित “जलवायु परिवर्तनले महिलाको स्वास्थ्यमा पार्ने असर न्यूनीकरण परियोजना” अन्तर्गत आयोजना गरिएको थियो।

WhatsApp Image 2025-11-02 at 17.52.38_19b0f51d.jpg

त्यस कार्यक्रममा दुबै वडाका महिला दिदीबहिनीहरू, वडा र पालिका स्तरका जनप्रतिनिधिहरू र सरोकारवालाहरूको सहभागिता थियो। सहभागीहरूले महिलाको याैन तथा प्रजनन स्वास्थ्य अधिकार (SRHR) र जलवायु परिवर्तनका प्रभावहरूबारे स्थानीय अधिकारीहरूलाई जानकारी गराए।

संवादको उद्देश्य स्थानीय सरकारका योजनामा लैङ्गिक दृष्टिकोणबाट स्वास्थ्य र जलवायुका विषयहरूलाई प्राथमिकता दिन प्रेरित गर्नु रहेको थियो। सहभागीहरूले शुद्ध खानेपानीको व्यवस्था (एक घर एक धारा), सडक र सरसफाइ सुधार, युवा सीप विकास र आयमूलक कार्यक्रम, पानी निकासको समस्या समाधान, र सहज स्वास्थ्य सेवा उपलब्ध गराउन माग गरेका थिए।

WhatsApp Image 2025-11-02 at 17.52.36_63ef89ae.jpg

कार्यक्रमका सभापति तथा पर्सा गाउँपालिका अध्यक्ष धिरेन्द्र रायले महिलाहरूका माग र सुझावहरू पालिकाको नीति तथा योजनामा समावेश गर्ने प्रतिबद्धता जनाए। त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत मदन कुमार थिङ, वडा अध्यक्षहरू, ROYM Nepal का प्रतिनिधि र जलवायु समूहका सदस्यहरूको समेत उपस्थिति थियो। कार्यक्रमको सञ्चालन वन शाखा इन्चार्ज राजेन्द्र प्रसाद यादवले गरेका थिए।

WhatsApp Image 2025-11-02 at 17.52.36_5f5c520c.jpg