Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

फेवातालमा डुङ्गा पल्टिएर डुबेका तीन जनाको सकुशल उद्धार

कास्की जिल्लाको पोखरा महानगरपालिका–६ लेकसाइड स्थित फेवातालमा डुङ्गा पल्टिएर डुबेका तीन जनाको सकुशल उद्धार गरिएको छ ।

आइतबार डुङ्गा अचानक पल्टिए पछि डुङ्गामा सवार चालक सोही महानगरपालिका आमबोटघाट बस्ने ४० बर्षिय महेश सुनार, रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–३ बस्ने ४९ बर्षिय सोमबहादुर तामाङ र ४४ बर्षिय लालमान थारू फेवातालमा डुबेका थिए ।

घटना बारे जानकारी पाउनासाथ नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरबाट  सशस्त्र प्रहरी सहायक निरीक्षक देबेन्द्र केसीको कमाण्डमा खटिएको संयुक्त  विपद् उद्धार टोलीले मोटरवोटको सहायताले उनिहरुको सकुशल उद्धार गरेको हो ।