चोरीपछि पेरिसको लुभ्रे संग्रहालय बन्द गरिएको छ।
फ्रान्सेली मिडियाका अनुसार बिहान संग्रहालय खुलेपछि तीन नकाबधारी व्यक्तिहरूले चोरी गरेका थिए । चोरहरू फ्रान्सको रत्नजडित मुकुट रहेको लिफ्टबाट अपोलो ग्यालरीमा प्रवेश गरेको बताइएको छ । नौ टुक्रा गहना चोरेपछि, चोरहरू स्कूटरमा भागेका थिए ।
लुभ्रे संग्रहालयले पनि संग्रहालय आज विशेष कारणले बन्द रहने जानकारी दिएको छ ।