Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

प्रधान सेनापति सिग्देलबाट रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

प्रधान सेनापति महारथी अशोक राज सिग्देलले रथी दर्जामा पदोन्नति भएका उपरथी गणेश कुमार श्रेष्ठलाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

उनी नेपाल सरकार, मन्त्री परिषद्को निर्णय बमोजिम आश्विन ३० गतेबाट रथी दर्जामा पदोन्नति भएका हुन् । पदोन्नतिसँगै रथी श्रेष्ठ बलाध्यक्षमा नियुक्त भएका छन् ।

दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरूका साथै पदोन्नति भएका रथीबृन्दको परिवारजनको उपस्थिति थियो ।