Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

पर्साको वीरगञ्ज महानगरपालिका – १ बजार छपकैयाका १७ वर्षीय किशोर पीयूष साहको शनिबार साँझ दीपावलीको तयारीका क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

प्रहरीका अनुसार धनतेरसको दिन करिब साँझ ६ बजे पीयूष आफ्नै घरमा दीपावलीको झिलिमिलीका लागि झालर बत्ती जडान गरिरहेका थिए। सोही क्रममा उनलाई विद्युत् प्रवाह भई करेन्ट लाग्दा उनी अचेत अवस्थामा भुईँमा लडेका थिए।

स्थानीयवासीले तत्काल उनलाई उद्धार गरी उपचारका लागि नारायणी अस्पताल लागेका थिए। अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेशनल मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो।