Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

काग तिहारमा रमेश दुलाल ‘कागे’ को काग सम्मेलन

काग तिहारको अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ ले काठमाडौंको नारायणहिटी गेटमा ‘२२औँ काग सम्मेलन’ गरेका छन्।

कार्यक्रममा दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै हजारौं कागलाई बोलाएका थिए । बिहान पौने ६ बजे कार्यक्रम सुरु भएपछि उनका कागको आवाज निकाल्दा दर्जनौं काग आकाशबाट झर्दै भेला भएका थिए ।

दुलालले कागसहित हालसम्म १७३ प्रकारका जनावर र चराचुरुङ्गीका आवाज निकाल्न सक्ने कला देखाएका छन् । उनले मुखकै सहायताले मादल, सनाई, सारङ्गी, पियानो, ड्रम सेट र गितारको धुन समेत प्रस्तुत गरेका थिए । दुलालले काग तिहारको दिन काग सम्मेलन गर्न थालेको २२ वर्ष भएको छ ।