Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

ट्रम्पको हमासलाई नयाँ चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनी संगठन हमासलाई नयाँ चेतावनी दिएका छन् । ट्रम्पले हमासले गाजामा मानिस मार्ने काम जारी राखेमा उनीहरुलाई समाप्त गर्ने चेतावनी दिएका हुन् ।

उनले भनेका छन्- 'यदि हमासले सम्झौताको अवज्ञा गर्दै गाजामा मानिसहरूलाई मार्ने काम जारी राख्यो भने, हामीसँग उनीहरूलाई समाप्त गर्नु बाहेक अरू कुनै विकल्प हुनेछैन ।'

यसअघि, ट्रम्पले गाजामा अमेरिकी सेना तैनाथ गर्ने कुरालाई अस्वीकार गरेका थिए । ट्रम्पको पछिल्लो बयानलाई गाजामा भएको हिंसासँग जोडिएको छ । हमासले आफ्ना विरोधीहरूलाई लक्षित गर्दै हिंसालाई बढावा दिइरहेको छ । 

हमास र इजरायल बीचको युद्धविराम पछि, गाजामा मानिसहरू आफ्नो घर फर्किरहेका छन् र आवश्यक सामानहरू जम्मा गर्न हतारिरहेका छन् । सहायता सामग्री बोकेका ट्रकहरू गाजामा आइपुगेका छन्, र सहायता एजेन्सीहरूले आफ्नो संख्या बढाउन अनुरोध गरेका छन्।