Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

बंगलादेशमा हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग

बंगलादेशमा पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको माग गरिएको छ । गत वर्ष विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनलाई दबाएको आरोपमा उनीमाथि मानवताविरुद्धको अपराधको आरोप लगाइएको छ ।

अदालतमा अभियोजन पक्षले हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग गरेका छन् । बंगलादेशका प्रमुख अभियोजक ताजुल इस्लामले भने- 'हसिनाले १४०० मृत्युदण्ड पाउनुपर्छ । मानवीय रूपमा सम्भव नभएकोले, हामी कम्तिमा एक मृत्युदण्डको माग गर्छौं ।'

हाल भारतमा शरणमा रहेकी हसिनाविरुद्ध चलिरहेको मुद्दाको क्रममा एउटा लीक भएको अडियो क्लिप बाहिर आएको छ, जसमा उनले सुरक्षा बललाई प्रदर्शनकारीहरूविरुद्ध घातक हतियार प्रयोग गर्न आदेश दिएको आरोप छ । 

यद्यपि, हसिनाले यी आरोपहरूलाई अस्वीकार गरेकी छिन् । गत वर्षको हिंसामा लगभग १४ सयजना मारिएका थिए । यसलाई १९७१ को स्वतन्त्रता युद्ध पछि बंगलादेशमा भएको सबैभन्दा खराब हिंसा मानिन्छ ।