Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

तिब्बतमा 'ड्र्यागन' आकारको आतिशबाजीको एक महिनापछि चार अधिकारी बर्खास्त

गत महिना, तिब्बतको एउटा कपडा कम्पनी, आर्क' टेरिक्सले हिमालय क्षेत्रमा आतिशबाजी प्रदर्शन आयोजना गरेको थियो, जसको व्यापक आलोचना भएको थियो ।

यस घटनाको सम्बन्धमा चार चिनियाँ अधिकारीहरूलाई बर्खास्त गरिएको छ । तिब्बतमा 'बढ्दो ड्र्यागन' जस्तो आकारको आतिशबाजी प्रदर्शनको भिडियो देखा परेको थियो । यसको विरोधमा वातावरणीय विदले विरोध गरेका थिए थिए ।

आर्क'टेरिक्स र प्रदर्शनी डिजाइन गर्ने चिनियाँ आतिशबाजी विशेषज्ञ, साई गो-चियाङले पछि माफी मागेका थिए । तिब्बती शहर शिगात्सेका अधिकारीहरूले थप अधिकारीहरूको अनुसन्धान र चेतावनी दिइएको बताए ।

अधिकारीहरूले आर्क'टेरिक्स र साई गो-चियाङले क्षतिपूर्ति तिर्नुपर्ने र वातावरणीय सुधारमा योगदान गर्नुपर्ने बताएका छन् ।