Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

आज सुन हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको मूल्य, तोलाको कति पुग्यो?

नेपाली बजारमा सुनको मूल्य सोमबार पुनः बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ हजार ४ सय रुपैयाँले बढेको हो ।

जसअनुसार आज सुन हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज प्रतितोला सुन २ लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।

महासंघले शनिबार ३ हजार बढाएर सुनको मुल्य तोकेको थियो। शनिबार सुन प्रति तोला २ लाख ३८ हजार रुपैयाँमा करोबार भएको थियो।

आइतबार सुन प्रति तोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार सुन तोलाको २ लाख ३५ हजारमा कारोबार भएको थियो।