Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

"एक घर, एक धारा" अभियान अन्तर्गत पर्सा-१ सितलपुरमा ५००० लिटर क्षमताको समर्सियल खानेपानी ट्याङ्कीको उद्घाटन

वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल, बागमती सेवा समाज, राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र तथा पर्सा गाउँपालिकाको संयुक्त साझेदारीमा सञ्चालन गरिएको "एक घर, एक धारा – स्वच्छ खानेपानी पुर्‍याउने हाम्रो अभियान" अन्तर्गत पर्सा गाउँपालिका वडा नं. १, सितलपुरमा ५००० लिटर क्षमताको समर्सियल खानेपानी ट्याङ्की निर्माण सम्पन्न भई औपचारिक उद्घाटन गरिएको छ।

उक्त उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा पर्सा गाउँपालिकाका अध्यक्ष धिरेन्द्र राय यादव उपस्थित रहेको थियो। विशिष्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष नूतन देवी मण्डल तथा वडा नं. २ का वडा अध्यक्ष  राकेश राम रहेका थिए भने कार्यक्रमको अध्यक्षता वडा नं. १ का वडा अध्यक्षसतेन्द्र रायले गरेका हुन्।

WhatsApp Image 2025-10-10 at 09.16.55_caafc126.jpg

समारोहमा पर्सा गाउँपालिकाका कर्मचारीहरू, सरोकारवाला निकायहरूका प्रतिनिधिहरू तथा सितलपुरका स्थानिय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

पर्सा गाउँपालिकाका सूचना प्रविधि अधिकृत ई. बिमलेश यादवका अनुसार, ५००० लिटर क्षमताको उक्त समर्सियल ट्याङ्कीको निर्माणले सो क्षेत्रमा लामो समयदेखि रहँदै आएको खानेपानीको अभावको समस्यामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ। यस परियोजनाबाट ६५ घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

WhatsApp Image 2025-10-10 at 09.17.35_039239f3.jpg

स्थानीय समुदायले यस्तो किसिमको दीगो तथा समुदायमैत्री पूर्वाधार निर्माणप्रति खुसी व्यक्त गरेका छन् र भविष्यमा यस्ता अभियानले थप विस्तार पाउने अपेक्षा व्यक्त गरिएको छ।