Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

माइतीघरमा पक्राउ परेका अभियान्ता निकोलस भुसाल सुधार केन्द्र पठाइए, गाँजा सेवन गरेको पुष्टि

माइतीघरमा प्रदर्शन गर्ने क्रममा बिहीबार दिउँसो पक्राउ परेका अभियान्ता निकोलस भुसाललाई सुधार केन्द्र पठाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईका अनुसार पक्राउपछि गरिएको मेडिकल परीक्षणमा निकोलसले लागूऔषध (गाँजा) सेवन गरेको पुष्टि भएको हो।

‘उहाँको एक वर्षअघि पक्राउ पर्दा पनि त्यस्तै रिपोर्ट आएको थियो,’ एसपी भट्टराईले भने, ‘आज पनि रिपोर्ट उस्तै आएको हुनाले उहाँलाई सुधार केन्द्र पठाइएको हो।’ प्रहरीका अनुसार, निकोलसलाई उनका दाजुको जिम्मामा सुधार केन्द्र पठाइएको हो।

निकोलस भुसालसहित प्रहरीले थप दुई जनालाई पनि पक्राउ गरेको जनाएको छ।