Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

आज विश्व हुलाक दिवस मनाइदै

आज विश्व हुलाक दिवस विश्वभर मनाइदै छ ।

यस बर्षको विश्व हुलाक दिवसको नारा 'पोष्ट फर पिपुल लोकल सर्भिस, ग्लोबल रिच' अर्थात्  स्थानीय सेवाका लागि हुलाक, विश्वव्यापी पहुँच' भन्ने रहेको छ ।  

विश्वभरका मानिसहरुबीच आपसी सद्भाव एवं भाइचारा वृद्धि गर्न सूचना तथा सञ्चारको आवश्यकता महसुस गर्दै सामाजिक आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले विश्व हुलाक संघको सन् १८७४ अक्टोवर ९ मा स्थापना भएको हो । नेपालले भने उक्त संघको सन् १९५६ मा सदस्यता लिएको थियो । सदस्यता लिएकै वर्षदेखि नेपालमा पनि हुलाक दिवस मनाउन थालिएको हो ।