Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बाढी प्रभावित परिवारलाई राहत वितरण, वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र बागमती सेवा समाजको सहकार्य

हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाभित्रका हालैको बाढीबाट प्रभावित १३ घरपरिवारलाई त्रिपाल, झुल र कम्बलजस्ता खाद्य बाहेकका सामग्री वितरण गरिएको छ। वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र बागमती सेवा समाज नेपालको साझेदारीमा सञ्चालित बाल संरक्षण तथा समुदाय संलग्नता  बाल स्पोन्सरशिप परियोजना अन्तर्गत उक्त सहयोग गरिएको हो।

WhatsApp Image 2025-10-07 at 20.47.42_07df76bd.jpg

 कार्यक्रम मार्फत हालैको बाढीले ल्याएको विनाशको स्तर मूल्याङ्कन गर्न सक्रिय रूपमा घटना स्थलमा कार्यरत छन।  उक्त कार्यक्रमका टोलीहरू द्वारा प्रभावित समुदायहरूको तत्काल आवश्यकतालाई बुझ्न निरन्तर प्रयास गरिरहेको छ र विशेष गरी सबैभन्दा कमजोर परिवारहरूलाई प्राथमिकता दिँदै सहयोग पुर्‍याइरहेको  छ ।

यस सामग्री प्राप्त गरेका प्रभावित परिवारहरूले यसलाई कठोर परिस्थितिसँग जुध्न र पुनःस्थापनाको प्रक्रिया सुरु गर्न महत्वपूर्ण सहयोग हुने बताएका छन्।

WhatsApp Image 2025-10-07 at 20.47.41_af248c3e.jpg

कार्यक्रममा बागमती सेवा समाज नेपालका परियोजना प्रमुख भरतकुमार कार्की, WVI Nepal जिल्ला संयोजक सीता चौधरी, तथा अन्य सरोकारवालाहरूको उपस्थितिमा राहत सामग्री वितरण गरिएको थियो। 

सो क्रममा बागमती सेवा समाज नेपालकी SQCO रजना श्रेष्ठले प्रभावित परिवारलाई तत्काल राहत दिलाउन को लागि सेल्टरका सामग्रीहरू उपलब्ध गराइएको जानकारी दिए।

WhatsApp Image 2025-10-07 at 20.47.41_d10be210.jpg

विपतको समयमा निरन्तर रूपमा प्रभावित समुदायलाई सहयोग गर्दै आएको दुवै संस्थाले आगामी दिनहरूमा पनि आवश्यकता अनुसार सहयोगका कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सामग्री प्राप्त गरेका परिवारहरूले भनेका छन् कि त्रिपाल, झुल र कम्बलजस्ता सामग्रीहरूले बस्न सहज हुने र छोराछोरीलाई सुरक्षित राख्न सहयोग पुग्नेछ ।