जेनजी अभियानता सुदन गुरूङले आफूहरू कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास नगर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएका हुन् ।
उनले जेनजीको नाममा आपराधिक गतिविधि नभड्काउन आग्रह गरेका छन् । उनले आपराधिक गतिविधि गर्नेहरूले कानुन बमोजिम सजाय भोग्नुपर्ने बताउँदै आफ्नो आन्दोलन सधैं शान्तिपूर्ण हुने बताएका छन् ।
त्यस्तै, उनले जनता जागिसकेको भन्दै फुटाउने प्रयास नगर्न पनि चेतावनी दिएका छन् । उनले राजनीतिक दलहरूलाई अहिले राजनीतिक षड्यन्त्र गर्ने र गराउने समय नभएको खबरदारी गरेका छन् ।
उनले लेखेका छन्- हामी कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास गर्दैनौं। हाम्रो नाम प्रयोग गरी अपराधिक गतिविधिहरू भडकाइँदैछ। त्यस्तो कार्य गर्नेहरूले कानुन बमोजिम सजाय भोग्नुपर्नेछ। हाम्रो आन्दोलन सधैं शान्तिपूर्ण नै थियो र रहनेछ; त्यसैले त्यस्ता कार्यमा संलग्न नहुन र त्यस्ता कार्य हुन नदिन सबैलाई अनुरोध गर्दछौं। हामी राजनीतिक दलहरूलाई खबरदारी गराउन चाहन्छौं कि राजनीतिक षड्यन्त्र गर्ने र गराउने यो समय हैन। अब जनता जागिसकेका छन्; हामीलाई फुटाउन कुनै प्रयास नगरियोस्।