Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बाजुरामा सोमबार राती देखि लगातार वर्षा, चिसो बढ्यो

बाजुरामा सोमबार राती देखि लगातार वर्षा भईरहेको छ । सोमबार साँझबाट सुरु भएको वर्षा मंगलबारसम्म पनि जारी छ । सोमबार रातिदेखि लगातार वर्षा भईरहेकोले चिसो समेत बढेको छ । लगातार वर्षा भएसँगै बाजुराका उच्च हिमाली तथा लेकाली भु–भागमा हिमपात समेत भएको छ।

बाजुराका ९ वटै स्थानीय तहमा अहिले वर्षा भईरहेको छ । बिशेषगरी बडीमालिका नगरपालिका,गौमुल गाउँपालिका त्यस्तै माथिल्लो क्षेत्रका ४ वटै पालिकामा वर्षा जारी छ । केही दिन देखि चर्काे घामले सुख्खा रहेको बाजुरामा सोमबार राती देखि भने लगातार वर्षा भईरहेको छ ।  वर्षा सूरु भएएछि स्थानीय कृषकहरु भने खुसी भएका छन् ।वर्षा भएसंगै  सडकखण्ड हिलाम्मे भएका छन्।

Photo (1) (12).jpg

सदरमुकाम मार्तडीबाट पुर्वीउत्तरी क्षेत्रमा जाने यातायातका साधानहरुलाई सडकखण्ड चिप्लो भए पछि समस्या भएको छ । लगातार पानी परेपछि अत्यन्तै जाडो बढेकोले अहिले स्थानीय घरभित्रै आगो बालेर बसिरहेका छन्।

सदरमुकाम मार्तडी बजारमा पनि चहलपहल न्यून छ । चिसोले मानिसको आवतजावत ठप्प जस्तैः छ । लगातार बर्षाका कारण बालबालिका वृद्धवृद्धा बढि प्रभावित बनेका छन्।पानी परेर चिसो बढेकोले स्थानीयलाई बाक्ला कपडा लगाएर घरभित्र बस्न आग्रह गरिएको छ।