Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

प्रतिशोध साँधेर कारवाही नगर्न गृह मन्त्रालयलाई महेश बस्नेतको चेतावनी

नेकपा एमालेका नेता महेश बस्नेतले प्रतिशोध साँधेर कारवाही नगर्न गृहमन्त्रालयलाई चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बस्नेतले आफुलाई मन नपरेको व्यक्तिका घरहरूमाथि आक्रमण गर्ने र फरक बिचार राख्ने व्यक्तिहरुलाई गिरफ्तार गर्ने भनेर सोसियल मिडियामा ट्रेन चलाउने, मिडिया ट्रायल गर्ने अनि प्रहरी प्रशासनमा डेलिगेसन गएको नाटक गर्ने सुदन गुरुङ, यसका मतियारहरु र यिनीहरूको निजी कम्पनी जस्तो बनेको गृह मन्त्रालयलाई प्रतिशोध साँधेर अनावश्यक हर्कत गर्यो भने ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका हुन् । 

उनले भनेका छन्-  आफुलाई मन नपरेको व्यक्तिका घरहरूमाथि आक्रमण गर्ने र फरक बिचार राख्ने व्यक्तिहरुलाई गिरफ्तार गर्ने भनेर सोसियल मिडियामा ट्रेन चलाउने , मिडिया ट्रायल गर्ने अनि प्रहरी प्रशासनमा डेलिगेसन गएको नाटक गर्ने सुदन गुरुङ , यसका मतियारहरु र यिनीहरूको निजी कम्पनी जस्तो बनेको गृह मन्त्रालयलाई प्रतिशोध साँधेर अनावश्यक हर्कत गर्यो भने ठूलो मूल्य चुकाउनुपर्नेछ । यो हेक्का राखेर कदम चाल्न हुन सरकारलाई भन्न चहान्छु ।