Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

अख्तियार प्रमुख र सबै आयुक्तको राजीनामाको माग गर्दै निवेदन दर्ता

जेनजी आन्दोलनको एक समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सबै आयुक्तको राजीनामा माग गर्दै निवेदन दर्ता गरेको छ।

जेनजी मुभमेन्ट एलायन्सका युवा मंगलबार काठमाडौंको टंगालस्थित अख्तियार मुख्यालय पुगेका थिए। उनीहरूले प्रमुख आयुक्त राईसहित सम्पूर्ण आयुक्तलाई तत्काल राजीनामा दिन आह्वान गर्दै निवेदन दर्ता गरेका हुन्।

निवेदनमा ७५ जना नेपाली नागरिकले कुशासन, भ्रष्टाचार र दण्डहीनताको अन्त्यका लागि गरेको सहादतको सम्मान गर्दै नैतिक आधारमा तत्काल राजीनामा दिन माग गरिएको उल्लेख छ। सो निवेदनको प्रतिलिपि प्रधानमन्त्रीको कार्यालय, गृहमन्त्री, अर्थमन्त्री र कानूनमन्त्रीलाई समेत बुझाइएको छ।

Genz1759815690.jpg
undefined