Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

मदन भण्डारी लोकमार्गमा माइक्रो दुर्घटना, १६ यात्रु घाइते

मदन भण्डारी लोकमार्ग अन्तर्गत मकवानपुरको बागमती गाउँपालिका४ झुरझुरेमा आज बिहान भएको माइक्रोबस दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन्।

सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको म.प्र.०२००१ ज ००७२ नम्बरको माइक्रोबस भित्री बाटोबाट हाइवेतर्फ निस्कँदै गरेको ना.५ प ५५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा अनियन्त्रित भई करिब १५ फिट तल खोल्सामा खसेको प्रहरीले जनाएको छ।

Photo (1) (2).jpeg
undefined

दुर्घटनामा मोटरसाइकल चालकसहित १६ जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाका अनुसार घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय साम्भी पोलिक्लिनिक र सहकारी अस्पतालमा पठाइएको छ।