Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

ओली–लेखकलगायतलाई तत्काल पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान सुरु

पूर्व प्रमानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री तथा कांग्रेक नेता रमेश लेखकलगायतलाई तत्काल पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान सुरु भएको छ ।

उनीहरुलाई ‘हत्यारा’ भन्दै तत्काल पक्राउ गर्न माग गरिएको हो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ७४ जनाले ज्यान गुमाएका थिए । त्यतिबेला ओली नेतृत्वकै सरकार थियो । जेनजी अभियानता तथा नेपाल अभियानका संयोजक सुदन गुरुङले समेत सामाजिक सञ्जालमा पोस्ट गर्दै ओली र लेखकलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।

उनीहरुलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा #ARRESTKPOLI, #ARRESTRAMESHLEKHAK र #ARRESTMURDERERS अभियान चलाइएको हो । पोस्टरमा ओली र तत्कालीन गृहमन्त्री लेखकको फोटो राख्दै उनीहरुलाई ‘हत्यारा’ भनिएको छ । साथै, जेनजीहरुको यस अभियानमा ‘हत्या गर्नेहरूलाई पक्राउ गर्नुहोस्, नत्र कदम चाल्न बाध्य हुनेछौँ’ समेत भनिएको छ ।