पछिल्ला दुई दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी देशभर ४९ जनाको मृत्यु भएको छ।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार आइतबार दिउँसो साढे १ बजेसम्मको तथ्यांकअनुसार इलाममा मात्रै ३७ जनाले ज्यान गुमाएका छन्।
देशका विभिन्न स्थानमा बाढीपहिरोका घटनामा परेका सात जना अझै बेपत्ता रहेको सशस्त्र प्रहरीले जनाएको छ।
प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य तीव्र रूपमा जारी राखेका छन्।