Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

मौसममा सुधारसँगै बन्द सडक सुचारु गर्ने तयारी

मौसममा सुधार हुँदै गएपछि तीन दिनअघि बन्द गरिएका सडकहरू पुनः सञ्चालन गर्ने तयारी भएको छ।

मौसम पूर्वानुमान महाशाखाले देशभर क्रमशः मौसम सुधार भइरहेको जानकारी दिएसँगै सरकारले अवस्था हेरी काठमाडौँबाट नारायणघाट र पोखरा जाने सवारीसाधन सञ्चालन गर्न अनुमति दिने तयारी गरेको हो।

यसअघि बाढी र पहिरोको उच्च जोखिमका कारण सरकारले तीन दिनका लागि काठमाडौँबाट बाहिरिने र भित्रिने सवारी आवागमन पूर्ण रूपमा रोक्ने निर्णय गरेको थियो।

नागढुंगादेखि मुग्लिनसम्मको घोप्टे भीर र कृष्ण भीर नजिकै गएको पहिरो हटाउने कार्य तीव्र गतिमा भइरहेको छ। नारायणघाटमुग्लिन र मुग्लिनपोखरा सडक खण्ड भने अहिले सञ्चालनयोग्य अवस्थामा रहेको बताइएको छ।