Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

लाङटाङ ट्रेकिङका क्रममा भक्तपुरका चारजना बेपत्ता

लाङटाङ ट्रेकिङका क्रममा भक्तपुरका चार जना खोल्सा तर्ने क्रममा बगेर बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजु शाहका अनुसार शुक्रबार १६ जनाको टोली लाङटाङ ट्रेकिङका लागि हिँडेका थिए। शनिबार गोसाइँकुण्ड गाउँपालिका४ स्थित बेरिङ खोल्सा तर्ने क्रममा उनीहरू बगेका हुन्।

खोल्साले आठ जनालाई बगाएकोमा चार जनाको उद्धार भइसकेको र चार जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगीता श्रेष्ठ (मध्यपुर ठिमी नगरपालिका) र रवि श्रेष्ठ (भक्तपुर१०) रहेका छन्।

वर्षाले बढेको खोल्सा पालैपालो तर्ने क्रममा दुर्घटना भएको बताइएको छ। हाल प्रहरी र स्थानीय टोलीले खोजी कार्य जारी राखेको छ।