Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

झरी, पहिरो र बाढीमा फसेकाले यी नम्बरमा गर्नुस् सम्पर्क (सूचीसहित)

सरकारले हालको अविरल झरीका कारण बाढी–पहिरोबाट प्रभावित भएकाहरूलाई तत्काल उद्धार र राहत उपलब्ध गराउने निर्णय गरेको छ।

गृह मन्त्रालयले आपतमा परेकाहरूलाई नजिकको स्थानीय प्रशासनमा सम्पर्क गरेर सहयोग माग्न आग्रह गरेको छ। आवश्यक परे हेलिकप्टरमार्फत उद्धार गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

झरीका कारण बाटोमा अलपत्र परेकाहरूलाई सुरक्षित स्थानमा सार्न र उनीहरूको बस्ने तथा खाने व्यवस्था मिलाउन ७७ जिल्लाका स्थानीय प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिइएको छ।

यस क्रममा गृह मन्त्रालयले सबै जिल्लाका प्रशासन र सुरक्षा निकायहरूको सम्पर्क नम्बर सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार प्रभावितलाई सकेसम्म छिटो सुरक्षित स्थानमा पुर्‍याएर आवश्यक सहयोग गर्ने तयारी गरिएको छ।

1.jpg
undefined

bipad-2.jpg